नियम ४१
जाँचपास प्रमाणपत्र स्थगित
(१) ऐनको दफा ९१ र ९२ बमोजिम दिइएको जाँचपास प्रमाणपत्रमा उल्लिखित अवधि समाप्त हुनु अगावै सम्बन्धित सवारीको धनी वा व्यवस्थापकले सवारी चल्न नसक्ने कारण देखाई जाँचपास प्रमाणपत्र स्थगित गर्नको लागि सम्बन्धित कार्यालयमा अनुसूची–४४ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचपास प्रमाणपत्र स्थगित गर्नको लागि दरखास्त पर्न आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी जाँचपास प्रमाणपत्र स्थगित गर्न उपयुक्त देखेमा स्थगित गरिदिनेछ ।